logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

डेंगु संक्रमणका कारण थप दुई जनाको मृत्यु, ७ सय ६१ जनामा संक्रमण


अंकुरण खबर
1.573K
Shares

नेपालमा डेंगुका बिरामी बढ्दो क्रममा छन् ।

देशभरका ७ वटै प्रदेशका ७७ जिल्लामा डेंगु फैलिसकेको छ ।

गत साउन महिना यता देशभरमा ४२ हजार, ५ सय ४ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसा सो अवधिमा ५१ जनाको डेंगु संक्रमणका कारण ज्यान गएको छ ।

डेंगु सक्रमणको ४८ घण्टे व्रिफिङका अनुसार सो अवधिमा थप दुई जना डेंगुका बिरामीको मृत्यु भएको छ भने ७ सय ६१ जना नयाँ संक्रमित फेला परेका छन् ।