logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मतदाताले पालना गर्नुपर्ने आचारसंहिता: उम्मेदवारको पक्षमा वा विपक्षमा तथ्यहीन सामग्री लेख्न नपाइने


अंकुरण खबर
1.105K
Shares

प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको मिति नजिकिँदै गर्दा निर्वाचन आयोग निर्वाचन आचारसंहिताको पालना गराउन अनुगमनमा छ। यही सिलसिलामा मतदाताले पालना गर्नुपर्ने  आचरणबारे आयोगले पुन: स्पष्ट पारेको छ।

मतदाताले सामाजिक संजालमार्फत् कुनै पनि उम्मेदवारको पक्षमा वा विपक्षमा तथ्यहीन सामाग्री गर्न नपाउने आयोगले जनाएको छ।

मतदाताले मतदान गर्न जाँदा वा त्यसअघि पालना गर्नुपर्ने आचारण यसप्रकार छन्स्

१। कसैको पक्ष वा विपक्षमा एसएमएस, फेसबूक, मेसेञ्जर, ट्वीटर, ह्वाट्स एप, भाईबर, युट्युब, इन्स्टाग्राम जस्ता विद्युतीय माध्यम प्रयोग गरी तथ्यहीन सामग्री प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न नहुने,

२। मतदान केन्द्रमा मतदान गर्न जाँदा प्रज्वलनशीस वा तरल पदार्थ, मोबाइल, क्यामरा साथमा लिएर जान नहुने,

३। मतदान केन्द्रमा मतदान गर्न जाँदा कुनै नशालु पदार्थ वा मादक पदार्थ सेवन गर्न नहुने,

४। मतदातालाई मतदान गर्न जान वा मतदान गर्नबाट वञ्चित गराउने अभिप्रायले झुटा अफवाह, भ्रामक समाचार फैलाउन वा कुनै अवरोध गर्ने काम गर्न वा गराउन नहुने,

५। मतदान गर्न जाँदा राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न वा झन्डा अङ्कित कपडा, टिसर्ट, ज्याकेट, गम्छा, टोपी वा क्याप, भेस्ट, लोगो, ब्याज, मास्क, स्टिकर लगाउन वा झोला बोक्न नहुने

६। मतदान गर्न जाँदा मतदाताको शरीरको कुनै भागमा बनाइएको उम्मेदवारको फोटो, दल वा उम्मेदवारको निर्वाचन चिह्न वा झण्डा अङ्कित ट्याटु प्रदर्शन गर्न नहुने।