logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाली नागरिक भनेर भारतमा बसेकी चिनियाँ महिला पक्राउ


अंकुरण खबर
1.131K
Shares

दिल्ली प्रहरीले नक्कली परिचयसहित नेपालमा बसेको र भारत विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा एक चिनियाँ महिलालाई पक्राउ गरेको दाबी गरेको छ ।

समाचार एजेन्सी पीटीआईले दिल्ली प्रहरीलाई उद्धृत गर्दै उक्त महिलाको नाम काई रुओ हो र उनी चीनको हेनान प्रान्तकी भएको जानकारी दिएको छ ।

प्रहरीका अनुसार भारतमा नेपाली नागरिक भनेर बस्दै आएका यी महिलालाई उत्तरी दिल्लीको मजनुका टिला क्षेत्रबाट पक्राउ गरिएको हो । परीक्षणका क्रममा महिलाको साथबाट डोल्मा लामा नाम लेखिएको नेपाली नागरिकताको प्रमाणपत्र फेला परेको प्रहरीले जनाएको छ ।