logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु


अंकुरण खबर
1.547K
Shares

दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा चालक कञ्चनपुरको कृष्णपुर नगरपालिकाको वाणी बस्ने ३५ वर्षीय कल्चु राना र शैल्यशिखर नगरपालिका-५ आगरका २३ वर्षीय सन्तोष डाँगा रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

घाइते श्याम डाँगा सामान्य उपचारपछि घर फर्किएका छन् भने सुरेश डाँगाको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ट्याक्टर सडकबाट करिब ५० मिटर तल खसेको बताइएको छ ।