logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

शंकास्पद बस्तु सडकमा भेटिएपछि भरतपुरमा पूर्व-पश्चिम राजमार्ग सिल


अंकुरण खबर
1.118K
Shares

चितवनको भरतपुरमा सडकमा शंकास्पद बस्तु भेटिएपछि पूर्व-पश्चिम राजमार्ग सिल गरिएको छ।

चितवन प्रहरी प्रमुख एसपी नवराज अधिकारीका अनुसार भरतपुरको चितवन मेडिकल कलेजनजिकैको सडकमा दिउँसो साढे दुई बजेतिर शंकास्पद बस्तु भेटिएको हो।

उक्त बस्तु बम हुन सक्ने आशंकामा प्रहरीले राजमार्ग सिल गरेर सवारी साधनलाई वैकल्पिक बाटोबाट पठाइरहेको छ।

शंकास्पद बस्तु डिस्पोज गर्न नेपाली सेनाको बम डिस्पोजल टोली पुगिसकेको छ।