logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

फिलिपिन्समा ६.४ म्याग्निच्युडको भूकम्प


अंकुरण खबर
2.249K
Shares

फिलिपिन्समा ६ दशमलब ४ म्याग्निच्युडको भूकम्प जाँदा २६ जना घाइते भएका छन् ।

स्थानीय समय अनुसार मंगलबार राति १० बजेर ५९ मिनेट जाँदा उत्तरी फिलिपिन्सको डोलोर्स सहर नजिकै केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।

प्रहरीका अनुसार राष्ट्रपति फर्डिनान्ड मार्कोसको निवास रहेको प्रान्त इलोकोस नोर्टेमा कम्तीमा २६ जना घाइते भएका छन् ।

यस्तै भूकम्पको क्षतिका कारण प्रदेश राजधानी लाओगको अन्तर्राष्ट्रिय विमानस्थल बुधबार अस्थायी रूपमा बन्द गर्न आदेश दिइएको छ।