logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रोल्पाकाे सुलिचाैरमा जीप दुर्घटना हुँदा ३ जनाको ज्यान गयो, १२ जना घाइते


अंकुरण खबर
1.768K
Shares

रोल्पाको सुनिलस्मृति गाउँपालिका–४ सुलिचौरमा आज बुधवार दिउँसाे जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ भने १२ जना घाइते भएका छन् ।

सुलिचौरबाट गजुलका लागि छुटेको लु १ ज ३२३४ नम्बरको जीप सुलिचाैर बजार नजिकै सेवा केन्द्र भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा दाङकाे घाेराही उपमहानगरपालिकाका ६० वर्षीय नारायण रिजाल, ५८ वर्षीय विष्णु रिजाल र ५० वर्षीया फाम्सी केसीकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रहरी नायब उपरीक्षक विनाेद घिमिरेले जानकारी दिनुभयाे ।

दुर्घटनामा घाइते भएका मध्ये पाँच जनाकाे प्राथमिक स्वास्थ्य केन्द्र सुलिचाैर र सात जनालाई काेहलपुर रिफर गरिएकाे छ ।

ब्रेक फेल भएर जीप सडकबाट तल खसेकाे प्रहरीले जनाएकाे छ ।