नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल विरुद्ध प्रहरीमा किटानी जाहेरी परेको छ।
पूर्व प्रधानमन्त्री समेत रहेका दाहाल विरुद्ध द्वन्द्व पीडित ज्ञानेन्द्रराज आरणले जाहेरी दिएका हुन्।
आफ्ना पिता टिकाराज आरणलाई २०५७ फागुन १६ गते रामेछापको साविक पुरानागाउँ–५ ९हाल मन्थली नगरपालिका ९०मा साँझ ७ बजे माओवादीले गोली हानेर हत्या गरेको भन्दै दाहाल विरुद्ध प्रहरी प्रधान कार्यालय, नक्सालमा जाहेरी परेको हो।