logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विश्वकप हेर्न कतार जानेले कोरोना परीक्षण गर्न नपर्ने


अंकुरण खबर
1.586K
Shares

आगामी २० नोभेम्बरदेखि सुरु हुने विश्वकपका लागि कतार आउनेले कोरोना परीक्षण गर्न नपर्ने भएको छ।

१ नोभेम्बरदेखि कतार प्रवेश गर्ने कसैले पनि पीसीआर र एन्टिजेन परीक्षण गर्न नपर्ने यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
कतारी नागरिक र यहाँ भएका विदेशीले पनि अब अर्को देशबाट फर्केको २४ घण्टाभित्र पीसीआर वा एन्टिजेन जाँच गराउनु नपर्ने भएको छ।

१८ डिसेम्बरसम्म चल्ने विश्वकपका ६४ खेल खेलका लागि कतारले आठ अत्याधुनिक रंगाशाला बनाइसकेको छ। ६० हजार दर्शक क्षमताको अल बायत स्टेडियममा विश्वकपको भव्य उद्घाटन हुनेछ।