logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अरिङ्गालको टोकाइ नेपालीको मृत्यु


अंकुरण खबर
1.703K
Shares

अरिङ्गालको टोकाइबाट बैतडीको सिगास गाउँपालिकाका एक जनाको भारतमा मृत्यु भएको छ।

सिगास गाउँपालिका वडा नं ६ जडानीकोटका ३२ वर्षीय हरिभान धामीको अरिङ्गालको टोकाइबाट मृत्यु भएको हो।

उनी कामको सिलसिलामा भारतको पिथौरागढमा बस्थे। बिहिबार साँझ उनको मृत्यु भएको हो।

भारतको पिथौरागढ जिल्लास्थित गिरेगडा भन्ने स्थानमा अरिङ्गालले टोकेर गम्भीर घाइते बनाएका धामीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको मृतकका आफन्त खगेन्द्र धामीले जानकारी दिए।