logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जसपाको घोषणापत्र सार्वजानिक : समानुपातिक संसद्, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति


अंकुरण खबर
1.794K
Shares

आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गरि घोषणापत्र सार्वजनिक गर्दै शासकीय स्वरुपमा फेरबदल ल्याउनुपर्नेमा जोड दिएको हो।

जसपाले अहिलेको बहुमतको सरकार र अल्पमतको विपक्षतको परम्परागत मान्यता असफल भएको जिकिर गरेको छ।

त्यस्तैले समानुपातिक संसद् र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्ने जसपाको भनाइ छ। जसफाको घोषणपत्रमा भनिएको छ, ‘नेपालमा बहुमतको सरकार र अल्पमतको विपक्षको परम्परागत लोकतन्त्रको मान्यता असफल भइसकेको परिप्रेक्ष्यमा समानुपातिक प्रतिनिधित्व हुने संसद् र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख सहितको शासकीय स्वरुप मार्फत राजनीतिक स्थायित्व कायम गर्ने।’

यसका लागि जसपाले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्नुपर्नेमा जोड दिएको छ। ‘प्रत्यक्ष तथा सहभागितामूलक समावेशी लोकतन्त्रको मान्यताअनुसरुप संघमा बालिग मताधिकारमा आधारित जनताद्वारा निर्वाचित कार्यकारी राष्ट्रपति हुने व्यवस्था गर्ने।’

यससँगै मुख्यमन्त्री पनि प्रतयक्ष निर्वाचित हुने व्यवस्था गर्नुपर्ने जसपाको प्रस्ताव छ। काठमाडौंको नयाँ बानेश्वरस्थित द एभरेस्ट होटलमा जसपाले घोषणापत्र सार्वजनिक गरेको हो।