आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई सुरक्षित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन प्रदेश १ को राजधानी विराटनगरमा प्रदेश स्तरीय सुरक्षा गोष्ठी आयोजना गरिएको छ ।
शनिवार गृह मन्त्रालय र प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले संयुक्त रुपमा आयोजना गरेको सो गोष्ठीमा मंसिर ४ गतेको निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन लागू गरिएको निर्वाचन विशेष सुरक्षा योजना बारे छलफल गरिने बताइएको छ ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मंत्री केदार कार्कीले शान्ति सुरक्षा कायम गर्न कुनै किसिमको सम्झौता नगर्न र द्वन्द्व तथा विवाद हुने अवस्था आउन नदिन सुरक्षा निकायहरुले ध्यान दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।