logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौंबाट रूकुम जाँदै गरेको बस त्रिशूलीमा खस्यो, १६ जना घाइते


अंकुरण खबर
2.249K
Shares

काठमाडौंबाट रुकुमतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी श्याम बहादुर खत्रीका अनुसार घाइतेहरुको उपचारका लागि स्थानीय मेडिकलमा पुर्‍याइएको छ।

साँझ सवा ६ बजे धादिङ बेनिघाट रोराङ गाउँपालिका–१० हुग्दिखोलास्थित पृथ्वी लोकमार्गमा बा ४ ख ५७९० नं बस दुर्घटना भएको थियो। बस सडकबाट २ सय मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ।

बस सडकबाट २ सय मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ। घाइतेहरुको स्थानीय मेडिकल पठाइएको जिल्ला प्रहरी धादिङले जानकारी दिएको छ। प्रहरी चौकी जोगिमाराबाट खटिएको ७ जना, इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको १० जनाको टोली उद्धारमा खटिएको छ।

दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी छ।