logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गायिका समीक्षा अधिकारीमाथि स्टेजमै ढुङ्गा प्रहार


अंकुरण खबर
1.495K
Shares

गायिका समीक्षा अधिकारीमाथि स्टेजमै ढुङ्गा प्रहार भएको छ।

संखुवासभा खाँदबारी पाङ्ठामा शुक्रबार राति भएको एक साङ्गतिक कार्यक्रममा समीक्षामाथि केही युवाहरूले ढुङ्गा प्रहार गरेका हुन्।

उनले साङ्गीतिक कार्यक्रम प्रस्तुत दिन लाग्दा उनी माथि ढुङ्गा प्रहार भएको भिडिओ सामाजिक सञ्जालमा भाइरल छ। ढुङ्गा स्टेजमा फलिए पनि उनलाई लागेको देखिँदैन।
अधिकारी आफ्नो प्रस्तुति दिन स्टेजमा गए लगत्तै दर्शकहरूले हो हल्ला गरेका थिए। प्रहरी पनि कार्यक्रम स्थलमा तैनाथ भएका कारण केही समयमा नै विवाद साम्य भएको संखुवासभा प्रहरीले जनाएको छ ।