logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेप्से बढ्यो, लघुवित्तको शेयरमूल्यमा उछाल


अंकुरण खबर
1.417K
Shares

नेप्सेमा ४३ अंकको बढोत्तरी हुँदा लघुवित्त उपसमूहका अधिकांश कम्पनीको शेयरमूल्यमा उछाल देखिएको छ ।

नेप्से बढेर १९६५.३६ अंकमा पुगेर बन्द हुँदा शेयरमूल्यमा चारवटा लघुवित्तले सकारात्मक सर्किट लगाएका छन् ।

आइतबार कारोबारमा आएका २ सय २८ कम्पनीका १ अर्ब ५४ करोडबराबरको शेयर किनबेच हुँदा सबैभन्दा बढी लघुवित्त कम्पनीले कमाएका छन् । कारोबारमा आएका कम्पनीमध्ये १ सय ८५ वटाको शेयरमूल्य बढ्दा एउटा कम्पनीको मात्रै शेयरमूल्य घटेको छ ।

शेयरमूल्यमा उछाल आएका लघुवित्तहरूमा मानुषी लघुवित्त, जाल्पा लघुवित्त, नेष्डो लघुवित्त र उपकार लघुवित्त रहेका छन् । यी चारवटै लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आजै जाल्पा लघुवित्तले आफ्ना शेयरधनीहरूलाई ७५ प्रतिशतको लाभांश दिने घोषणा गरेको थियो । घोषणा सार्वजनिक भएसँगै यो कम्पनीको शेयर बिक्रीभन्दा खरिद गर्ने लगानीकर्ता उच्च भए ।

लघुवित्तमा झुम्मिएका लगानीकर्ताले आज पनि सर्वाधिक कारोबार लघुवित्तकै गरेका छन् । जसमा नेष्डो लघुवित्त सर्वाधिक कारोबार हुने कम्पनीहरूको अग्रस्थानमा छ । यो लघुवित्तको १० करोड रुपैयाँको शेयर कारोबार भएको हो ।