logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमालेमा फर्किएका जुम्ला इन्चार्ज र अध्यक्षसहित ५ नेता समाजवादीबाट निष्कासित


अंकुरण खबर
1.651K
Shares

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले आइतवार मात्रै नेकपा एमालेमा समाहित जुम्ला जिल्ला कमिटी अध्यक्षसहित पाँचजनालाई निष्कासित गरेको छ।

आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा एमालेलाई थप बलियो बनाउन समाजवादीको सिंगो जिल्ला कमिटी नै समाहित भएपछि केन्द्रीय कमिटीले निष्कासनको निर्णय लिएको हो।

एकीकृत समाजवादीको जुम्ला जिल्ला कमिटी एमालेमा समाहित

समाजवादीले एमालेमै फर्किएका जुम्ला जिल्ला इन्चार्ज देवीलाल थापा र जिल्ला अध्यक्ष आदिप्रसाद न्यौपानेलाई निष्कासनको घोषणा गरेको हो । समाजवादीका महासचिव वेदुराम भुसालले आइतवार एक विज्ञप्ति निकालेर एमालेमा समाहित भएका प्रदेश कमिटी सदस्यहरू नन्दराम रोकाया, रतनबहादुर रोकाया र धर्मराज रावललाई पनि निष्कासित गरिएको जनाएका छन्।

आइतावर मात्रै एमाले जुम्ला जिल्ला कमिटी अध्यक्ष शान्तिलाल महत र एकीकृत समाजवादी जिल्ला अध्यक्ष आदीप्रसाद न्यौपानेले सात बुँदे संयुक्त विज्ञप्ति जारी गर्दै एकीकरण घोषणा गरेका थिए।

विज्ञप्तिमा एकीकृत समाजावादीबाट समाहित भएकाहरुलाई उचित जिम्मेवारी दिइनेलगायतका प्रतिवद्धता जाहेर गरिएको थियो।