logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दुई महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ५ किलो सुन बरामद


अंकुरण खबर
1.599K
Shares

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले दुई महिनाको अवधिमा करिब साढे ५ किलो सुन बरामद गरेको छ ।

पछिल्लो दुई महिनामा अवैध रुपमा भित्र्याइएको करिब साढे ५ करोड मूल्य बराबरको उक्त परिमाणको सुन बरामद भएको भन्सार कार्यालयले जनाएको छ ।

यात्रुले झिटीगुन्टा सुविधाको दुरुपयोग गदै र तस्करी प्रयोजनका लागि लुकाएर ल्याएको उक्त परिमाणको सुन बरामद भएको प्रमुख भन्सार प्रशासक अरुण पोखरेलले बताए ।