ओखलढुंगा जिल्ला कारागारमा रहेका २५ जना कैदीबन्दीले आगामी मंसिर ४ गते हुने निर्वाचनमा मतदान गर्न पाउने भएका छन्। निर्वाचन आयोगले जिल्ला कारागारलाई अस्थायी मतदान केन्द्रको रूपमा स्वीकृति दिएपछि उनीहरूले मतदान गर्न पाउने भएका हुन्।
निमित्त कारागार प्रमुख नरेन्द्रलाल कर्णका अनुसार मतदाता नामावलीमा नाम भएका कैदीबन्दीको सूची पठाइएकोमा निर्वाचन कार्यालयबाट २५ जनाको मात्र अस्थायी मतदाताको सूचीमा दर्ता भएर आएकाले उनीहरूलाई मतदान प्रक्रियामा सहभागी गराइने भएको हो। जिल्ला कारागार ओखलढुंगामा अहिले ९१ जना कैदीबन्दी रहेका छन्। जसमध्ये १५ जना कैदी र १० जना बन्दीले भोट हाल्न पाउने भएका छन्।