logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चुनावका बेला भूकम्पपीडितलाई सहायता घोषणा गर्नु आचारसंहिताविपरीत : निर्वाचन आयोग


अंकुरण खबर
2.951K
Shares

निर्वाचन आयोगले डोटीबाट एमालेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका चक्र मल्लले भूकम्पपीडितका लागि जिल्ला विपद् व्यवस्थापन समितिलाई आर्थिक सहायता दिने घोषणा गर्नु आचारसंहिताविपरीत भएको जनाएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन अवधिमा सरकारबाहेक स्वतन्त्र व्यक्तिले आर्थिक सहायता घोषणा गर्न वा दिन नपाइने बताएका हुन् । एमाले डोटी अध्यक्षसमेत रहेका मल्लले बुधबार बिहान भूकम्पपीडितका लागि १ लाख रुपैयाँ सहायता दिने घोषणा गरेका थिए । तर, आयोग प्रवक्ता पौडेलले त्यस्तो कार्यलाई आचारसंहिताविपरीत भनेका हुन् ।

बुधबार बिहान गएको भूूकम्पले घर भत्किँदा डोटीमा ६ जनाको मृत्यु भएको छ भने ५ जना गम्भीर घाइते भउका छन् । ११ असोजमा आयोगले ६० बुँदे आचारसंहिता पालना गर्न भन्दै सरकार, दल, उम्मेदवार र संघसंस्थाको नाममा निर्देशन जारी गरेको थियो । निर्देशनपत्रको १२औँ बुँदामा आर्थिक सहायता दिन नहुने उल्लेख छ ।

निर्वाचन अवधिमा आर्थिक सहायता दिँदा मतदाता प्रभावित हुने ठानिन्छ । ३० असोजमा आयोगले शहरी विकासमन्त्री मेटमणि चौधरीले बाढीपीडितलाई चामल बाँडेको भन्दै स्पष्टीकरण सोधेको थियो । मन्त्री चौधरीले विर्नाचनको स्वच्छता र निष्पक्षतालाई प्रभावित पार्ने कार्य गरेको स्पष्टीकरण पत्रमा उल्लेख थियो ।