logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

१४ सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदी पनि बढ्यो


अंकुरण खबर
1.781K
Shares

सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढेको छ ।

मंगलबार ९४ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन बुधबार ९५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ९ सय रुपैयाँ छ । तेजाबी सुन मंगलबार प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला ३० रुपैयाँले बढेर एक हजार दुई सय ९५ पुगेको छ ।