logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विश्वकपलाई सफल बनाउन कतारमा कार्यरत नेपालीलाई राजदूत ढकालको आग्रह


अंकुरण खबर
2.08K
Shares

कतारका लागि नेपाली राजदूत डा. नरेश विक्रम ढकालले आगामी नोभेम्बर २० मा कतारमा सुरु हुने फिफा विश्वकप-२०२२ सफल बनाउन कतारमा कार्यरत नेपाली समुदायलाई आग्रह गरेका छन् ।

राजदूत ढकालले एक सन्देश जारी गर्दै कतारमा क्रियाशील नेपाली समुदाय तथा विभिन्न संघसस्थाहरुलाई कुनै कार्यक्रम भए सम्भव भएसम्म स्थगित गरी इमानदारिता, नैतिकता र उच्च मर्यादा देखाउन भनेका छन्। यही २० नोभेम्बरदेखि १८ डिसेम्बरसम्म फिफा विश्वकप २०२२ एसिया क्षेत्रको कतारमा हुँदैछ।

साथै उनले नेपालीहरुले कतारको विकास तथा संवृद्धिका लागि पुर्‍याएको योगदानको कतार सरकारका उच्चअधिकारीहरुले मुक्तकण्ठले प्रशंसा गरिरहेको जानकारी गराउन पाउँदा आफू हर्षित रहेको बताएका छन् ।

उनले नेपाल र कतारबीच दौत्यसम्बन्ध स्थापना भएको ४५ वर्षको अवधिमा अन्तर्राष्ट्रियस्तरमा शान्ति र विकासका लागि समान धारणाहरु रहेको पनि बताएका छन् । हाम्रो सम्बन्धलाई बहुआयमिक क्षेत्रमा विकसित गर्दै अझ उच्चस्तरमा पुर्‍याउन सबैले निरन्तररुपमा सकारात्मक भूमिका र जिम्मेवारी बहन गर्नुपर्नेमा ढकालले जोड दिएका छन् ।