logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाल समावेशी लोकतन्त्र संस्थागत गर्ने मार्गमा छ, समावेशी समाज निर्माण गर्नु विश्वकै चुनौती : राष्ट्रपति भण्डारी


अंकुरण खबर
1.469K
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल मानव अधिकार, समानता, भेदभावरहित, रूपान्तरणका सिद्धान्त आत्मसात् गरिएको समावेशी लोकतन्त्र संस्थागत गर्ने मार्गमा रहेको बताएकी छिन्।

गणतन्त्र आइसल्याण्डको राजधानी रेक्याभिकमा बुधबार आयोजित रेक्याभिक ग्लोबल फोरम (वुमन लिडर्स) मा विशेष सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले समानता र न्यायपूर्ण समाज निर्माणका लागि शिक्षा, सार्वजनिक स्वास्थ्य, रोजगारी तथा समावेशी सामाजिक, राजनीतिक प्रबन्धमा लगानी गरिरहेको जनाएकी हुन्।

उनले नेपालदेखि आइसल्याण्डसम्मको यात्राले ‘तेस्रो ध्रुव’देखि उत्तरी ध्रुवसम्म जोडेको बताइन्। उनले गौतम बुद्ध र सगरमाथाको देशबाट नेपाली जनताको न्यानो सद्भाव लिएर आएको जनाइन्।

‘विश्व महिला राजनीतिक नेतृत्व मञ्चले ‘सञ्चार, सम्बन्ध र समुदाय’को बहुआयामिक प्रयासबाट लैंगिक समानताको नयाँ बाटो तय गर्ने लक्ष्य लिएको छ’, उनले भनिन्, ‘समानता, आवाज, प्रतिनिधित्व र सहभागिताका लागि हामीले गरेको लामो संघर्षका उपलब्धि एकआपसमा साट्ने उत्सवका रूपमा पनि हामीले यो फोरमलाई लिएका छौँ।’

राष्ट्रपति भण्डारीले नेपालमा जलवायु परिवर्तनको असर हरेक वर्ष बढ्दो र झन् विनाशकारी हुँदै गएको अनुभव गरेको सुनाइन्। उहाँले जलवायु परिवर्तनका कारण हिमनदी सुक्दै गइरहेको तथा हिमालयमा सधैँ महिना जमिरहने हिउँ पग्लिरहेका कारण लाखौँ मानिसको जनजीविका जोखिममा परेको बताइन्।

सम्मेलनमा विभिन्न पुस्ताका नेपाली विराङ्गनाको प्रतिनिधित्व गर्न पाउँदा आफूले गौरवान्वित महशुस गरेको भन्दै उनले महिला र पुरुषबीचको समान हैसियत हुने समावेशी समाज निर्माण गरी विश्वका चुनौती सामना गर्ने सामूहिक अभियानमा सम्मिलित हुन पाउँदा सम्मानित महशुस गरेको बताइन्।