logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सेयरबजारमा लगानीकर्ता मारमा : ४ प्रतिशत पनि कमाउन सकेनन्


अंकुरण खबर
2.054K
Shares

सेयरबजारमा आज पनि दोहोरो अंकको गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से २३.५२ अंकले घटेर १८९३.७० विन्दुमा आइपुगेको हो।

आज २२६ कम्पनीको ३१ लाख कित्ता सेयर बिक्री भएको छ। दिनभरिमा २२ हजार ३९८ पटकको खरिदबिक्रीसँगै १ अर्ब ११ करोड ९४ लाख रुपैयाँको सेयर कारोबार भएको हो।

कुल १३ वटै उपसूचक राताम्य भएको दिन १३ कम्पनीको सेयर बढेको, १७१ वटाको घटेको र एउटा कम्पनीको उही मूल्यमा कारोबार भएको नेप्सेले जनाएको छ।

लगानीकर्ताले ४ प्रतिशत पनि कमाउन सकेनन्

बिहीबारको कारोबारमा लगानीकर्ताले ४ प्रतिशत पनि कमाउन सकेनन्। आज सर्वाधिक कमाउनेमा मन्दाकिनी हाइड्रोका लगानीकर्ता छन्। उनीहरुले ३.९२ प्रतिशत, सिन्धु विकास बैंकका लगानीकर्ताले २.७७ प्रतिशत, हिमालयन पावर पार्टनरका लगानीकर्ताले १.७८ प्रतिशत कमाएका छन्।

यता गुमाउनेमा अपरहेवाखोला हाइड्रो अगाडि छ। कम्पनीका लगानीकर्ताले ६.९१ प्रतिशत गुमाएका छन्। किसान लघुवित्तका सेयरधनीले ५।७८ प्रतिशत, पञ्चकन्या माईका लगानीकर्ताले ५.२५ प्रतिशत गुमाएको नेप्सेले जनाएको छ।

आज सर्वाधिक कारोबार भने शिवम् सिमेन्टको भएको छ। कम्पनीको १० करोडको सेयर खरिदबिक्री भएको हो।