logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सत्ता गठबन्धनका शीर्षनेता आज चितवन जाँदै


अंकुरण खबर
2.054K
Shares

सत्तारुढ (लोकतान्त्रिक–वाम) गठबन्धनले आज (शनिबार) चितवनमा चुनावी सभा आयोजना गर्दै छ ।

सभालाई प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धन दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यतालिका छ।

देउवासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई सहित नेताहरुले सम्बोधन गर्ने कार्यतालिका छ ।

गठबन्धन दलमध्ये नेपाली कांग्रेसबाट चितवन क्षेत्र नम्बर १ र क्षेत्र नम्बर २ तथा नेकपा माओवादी केन्द्रबाट क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभाका उम्मेदवार छन्।

त्यस्तै नेकपा (एमाले)ले भने चितवनमा कात्तिक २८ गते चुनावी सभा गर्ने भएको छ । सभालाई एमाले अध्यक्ष केपी ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले चितवनले जनाएको छ ।