दिनदिनै तापक्रम घट्ने र चिसो बढ्ने क्रम जारी छ।
एक हप्तायता काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १ डिग्रीले ओरालो लागिरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसार आज बिहान ५.४५ बजेको मापनमा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८.५ डिग्री सेल्सियस छ। हिजो उपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री सेल्सियस थियो। यसअघि शुक्रबार उपत्यकाको न्यूनतम तापक्रम १०.६ डिग्री थियो।
अहिले बिहान ८:४५ बजे महाशाखाले देशका अन्य स्थानका न्यूनतम तापक्रम पनि सार्वजनिक गर्नेछ। त्यसबेला काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम पनि अपडेट गरिनेछ।
चिसो बढ्ने क्रम निरन्तर जारी रहेकाले सचेत रहन महाशाखाले आग्रह गरेको छ ।