logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालले पहिलो पटक विश्वकप क्रिकेट आयोजना गर्ने


अंकुरण खबर
1.417K
Shares

नेपालले पहिलो पटक क्रिकेटको विश्वकप आयोजना गर्ने अवसर पाएको छ । नेपालले २०२७ को यु(१९ महिला विश्वकप क्रिकेट आयोजना गर्नेछ ।

यो विश्वकप नेपालले बंगलादेशसँग मिलेर आयोजना गर्नेछ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० बोर्डले २०२४ देखि २०२७ सम्म आईसीसी यू(१९ प्रतियोगिताको आयोजक राष्ट्रको आज घोषणा गरेको हो ।

आइसीसी यु(१९ पुरुष क्रिकेट विश्वकप २०२४ श्रीलंकाले आयोजना गर्ने छ भने २०२६ को संस्करण जिम्बाब्वे र नामिबियामा आयोजना हुनेछ। आइसीसी यु(१९ महिला टि(२० विश्वकप २०२५ मलेसिया र थाइल्याण्डमा हुनेछ भने २०२७ को यु(१९ महिला विश्वकप प्रतियोगिता बंगलादेश र नेपालले संयुक्त रूपमा आयोजना गर्नेछन् ।