logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौंमा चाहिनेभन्दा धेरै मोटरसाइकल गुड्दा दुर्घटना बढ्यो : बालेन्द्र शाह


अंकुरण खबर
1.248K
Shares

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले यातायात प्राधिकरणको स्थापना भएपछि काठमाडौं उपत्यकामा हुने सवारी दुर्घटना न्यूनीकरण हुँदै जाने विश्वास व्यक्त गरेका छन्।

संघीय संसदबाट काठमाडौं उपत्यकामा हुने सडक दुर्घटना न्यूनीकरणका लागि सो सम्बन्धी विधेयक पारित भएको उल्लेख गर्दै उनले त्यसबाट सो क्षेत्रको सडक दुर्घटना न्यूनीकरण हुँदै जाने बताएका हुन्।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सेयर सबै सार्वजनिक सवारी साधनहरुको बराबर हुने गरी सो विधेयक पास भएकाले सवारी साधनहरुबीच अस्वस्थ प्रतिस्पर्धा भई दूर्घटना हुने काममा कमी आउने विश्वास व्यक्त गरे।