logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच दार्चुलामा झडप, एक जना गम्भीर घाइते


अंकुरण खबर
2.054K
Shares

दार्चुलामा सत्तारुढ गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ ।

जिल्लाको नौगाड गाउँपालिकामा आइतबार दिउँसो झडप हुँदा एक जना गम्भीर घाइते भएका छन् ।

नेकपा एमालेका कार्यकर्ताको आक्रमणबाट गठबन्धनका कार्यकर्ता नौगाड गाउँपालिका–६ धुलिगडाका ३५ वर्षीय जयसिंह धामी गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार आक्रमण घाइते भएका धामीलाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ। चुनाव प्रचारका क्रममा विवाद हुँदा दोहोरो झडप हुन पुगेको प्रहरीले जनाएको छ।

जिल्लामा उपचार हुन नसकेपछि घाइते धामीलाई धनगढी रेफर गरिएको हो। उनको टाउकोमा रड प्रहार गरिएको छ।