logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

देउवालाई ओलीको कटाक्ष : प्रचण्डसँग छु भन्दैमा बन्दुकको धम्की नदिनुहोस्


अंकुरण खबर
1.469K
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई बन्दुकको धम्की नदिन चेतावनी दिएका छन् ।

आइतबार एमाले सुर्खेतले आयोजना गरेको सभामा ओलीले प्रचण्डको साथमा छु भन्दैमा बन्दुकको धम्की नदिन चेतावनी दिएका हुन् ।

ओलीले भने ‘कांग्रसेले १७ वटा फौजी क्याम्प ८ सालमा दक्षिणको छिमेकीलाई उत्तरमा राख्न दियो, अहिले शेरबहादुरजी भन्दै हुनुहुन्छ यसरी बोलेर हुँन्छ रु भनेर हुन्छ रु लेखेर हुन्छ रु बन्दुक लिएर जाउँ । शेरबहादुरजी प्रचडको संगत भयो भनेर बन्दुकको धाक लाउन पर्दैन । हामीसँग बन्दुकका कुरा गर्नु पर्दैन किर्तिनिधि विष्टले २६ सालमा कांग्रेसले राखेका फौजी क्याप फिर्ता गरिदिएका थिए । हामी छिमेकीसँग शान्ति चाहन्छौँ द्वन्द्व होइन ।’

सय वटा स्यालले एउटा सिंहलाई घेराबन्दी गर्न नसक्ने ओलीको टिप्पणी थियो । गठबन्धनभित्रका दलहरूले छुट्टा(छुट्टै घोषणापत्र ल्याएर जनता अल्मल्याएको उनको भनाइ छ ।

‘यो चुनाव विशेष अर्थ राख्ने महासंग्राम हो भनेर बुझ्नुपर्छ, गठबन्धन बनेर देशी विदेशी शक्तिहरू एमालेविरुद्ध लागिरहेका छन्, त्यसको विरुद्धमा जनता जाग्न जरुरी छ,’ ओलीले भने ।

‘गठबन्धनले बनाएको घोषणापत्र आ(आफ्नै घोषणा पत्र छ । यदि जितेको खण्डमा कसेको घोषणा पत्र लागू गरेर सकार चलाउँछन् रु’ ओलीले भने, ‘त्यसैले एमालेको एउटै अभियानमा साथ दिनुहोस्, जोडजाड गरेका स्वार्थहरूको सरकार होइन् सुदृढ राष्ट्रिय शक्ति चाहिएको छ, त्यो एमालेले गर्छ ।’

ओलीले देउवालाई प्रतिपक्ष दलको नेता को बन्ने भन्ने बारेमा सल्लाह गरिराख्न सुझाव दिए । एमालेले बहुमत ल्याउने र एमालेको सरकार बन्ने उनको भनाइ थियो ।