logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

निर्वाचनलाई ४ दिन विदा


अंकुरण खबर
1.547K
Shares

निर्वाचन आयोगले छ दिनपछि यही मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनका लागि तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ ।

आयोगले सरकारसंग यही मंसिर २, ४ तथा मंसिर ५ मंसिर गते सोमबार सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिन प्रस्ताव गरेको छ । मंसिर ३ गते भने शनिबार परेको छ ।

आयोगले सार्वजनिक विदाका बारेमा केही दिनअघि नै निर्णय गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएकोमा यसबारे मन्त्रिपरिषदले निर्णय गरिसकेको छैन ।

निर्वाचन आयोगले अधिकांश मतदानस्थलहरु विद्यालयमा राखिएकाले पनि पूर्व तयारीका लागि दुई दिनअघि नै सार्वजनिक बिदाको माग गरेको हो ।