logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

घट्यो सुन र चाँदीको भाउ, कति पुग्यो ?


अंकुरण खबर
1.885K
Shares

नेपाली बजारमा सोमबार सुन र चाँदीको भाउमा सामान्य गिरावट देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको भाउ प्रतितोला एक सय रुपैयाँले घटेको हो। यससँगै छापावाल सुनको भाउ प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै तेजावी सुनको भाउ प्रतितोला ९६ हजार ७ सयमा आइपुगेको छ। सोमबार चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले घटेको छ।

चाँदी प्रतितोला १२९५ रुपैयाँमा कारोबार भइरहेको छ।