logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं महानगरपालिकाले आजदेखि अनधिकृत परिचय पाटी हटाउँदै


अंकुरण खबर
1.755K
Shares

काठमाडौं महानगरपालिकाले आज कात्तिक २८ गते सोमबारदेखि अनधिकृत परिचय पाटी हटाउने भएको छ ।

त्यस्ता बोर्ड हटाउन महानगरले ३० दिने सार्वजनिक सूचना जारी गरेको थियो । तोकिएको समय–सीमाभित्र नियमित नगर्नेहरुको परिचय पाटी आजदेखि हटाउन लागिएको महानगरका राजस्व विभागका प्रमुख डा। शिवराज अधिकारीको भनाइ छ । अधिकारी भन्छन्– ‘पाटी हटाउँदा ख्याल गर्नुपर्ने केही बुँदा हामीले टोलीलाई सम्झाएका छौँ । यो विषय सर्वसाधारणलाई पनि थाहा हुन आवश्यक छ ।’

योसँगै भित्तेलेखन, अनधिकृत पर्चा, पम्प्लेट र पोस्टरसमेत हटाइने भएको छ ।

विभागले असोज ७ गते ३० दिने सूचना दिएर मापदण्डभित्र राख्न सकिने परिचय पाटीको आकार र त्यसमा वार्षिक रुपमा लाग्ने दरसमेत उल्लेख गरेर सार्वजनिक सूचना प्रकाशन गरेको थियो ।