logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नुवाकोटामा आमाछोरीको विभत्स हत्या गर्ने २१ वर्षीय युवक पक्राउ, हत्याबारे थप अनुसन्धान भैरहेको छ : प्रहरी


अंकुरण खबर
1.547K
Shares

नुवाकोटमा आमाछोरीको हत्या घटनामा प्रहरीले १ जनालाई पक्राउ गरेको छ।

२० वर्षीया आमा र ३ वर्षीया छोरीको हत्या गरेको अभियोगमा प्रहरीले २१ वर्षीय युवकलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ का २१ वर्षीय पुस्कल भनिने सोनम तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक  रुपक खड्काले जानकारी दिए।

नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ बालकुमारीको भङ्गेरीमा सोमबार साँझ २० वर्षीया सम्झना पाण्डे (खतिवडा) र उनकी छोरी ३ वर्षीया कृष्टिना खतिवडाको हत्या भएको थियो। प्रहरीका अनुसार आमाछोरीको शव विभत्स अवस्थामा घरको आँगन र पिँढीमा भेटिएको थियो।

पक्राउ परेका सोनम आमाछोरीको हत्या भएको दिन धारिलो (घरेलु) हतियार बोकेर घटनास्थलतर्फ गएको देखिएको डीएसपी खड्काले जानकारी दिए। खड्काका अनुसार घटनास्थलमा उनले बोकेको घरेलु हतियार र उनको चप्पल भेटिएको छ।

घटनालगत्तै उनी फरार रहेको पाएपछि काठामाडौंतर्फ जान लागेको समयमा आज (मंगलबार) बिहान पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा ल्याउन लागिएको डीएसपी खड्काले जानकारी दिए । हत्याबारे थप अनुसन्धान भैरहेको प्रहरी जनाएको छ ।