logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नागरिकता विधेयकमा राष्ट्रपति कार्यालयको जवाफः सभामुखको पत्र नै संविधान उल्लंघन भएको प्रमाण


अंकुरण खबर
2.067K
Shares

नागरिकता विधेयक प्रमाणीकरणबारे परेको रिटमाथि सर्वोच्च अदालतले जारी गरेको ‘कारण देखाऊ’ आदेशमा राष्ट्रपति कार्यालयले मंगलबार जवाफ पेस गरेको छ ।

महान्यायाधिवक्ताको कार्यालयमार्फत पेश गरिएको जवाफमा नागरिकता विधेयकले संविधान, ऐन र संसदको आफ्नै नियमावली उल्लंघन गरेको हुँदा त्यसलाई प्रमाणीकरण गर्न नमिल्ने उल्लेख छ ।

राष्ट्रपति कार्यालयका तर्फबाट सचिव यादवप्रसाद कोइरालाले विभिन्न राष्ट्रिय(अन्तर्राष्ट्रिय सन्दर्भ तथा तर्कहरुसहितको लामो जवाफ पठाएका हुन् । उक्त जवाफमा राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण नगरी यथास्थितिमा राख्नुका संवैधानिक, कानुनी र अन्तर्राष्ट्रिय प्रचलनका व्याख्या सहित आधारहरू पेस गरिएको स्रोतले बतायो ।