आगामी मङ्सिर चार गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि ठिक्क परेका एक मतदान अधिकृत मापसे गरेर विवाद गरेको आरोपमा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी भोजराज पाण्डेयका अनुसार एक जना मतदान अधिकृत पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा रामग्राम नगरपालिका-४ जितपुर घर भई पाल्हिनन्दन गाउँपालिकाको पशु शाखामा कार्यरत ५६ वर्षीय पृथ्वीराज चौधरी रहेका छन् ।
उनी सुनवल नगरपालिका-११ वाक्वाणी माध्यामिक विद्यालय सेमराहना मतदानस्थलमा मतदान अधिकृतको रूपमा खटिएका थिए।