logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

मत खसाल्न उपत्यकाबाट बाहिरिने सङ्ख्यामा वृद्धि


अंकुरण खबर
1.976K
Shares

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि काठमाडौं उपत्यकाबाट भित्रिने र बाहिरिने यात्रुको सङ्ख्या बढेको छ ।

मत खसाल्न आफ्नो मतदाता नामावली भएको ठाउँमा जानेहरू बढेका छन् ।

यात्रुको चाप बढेसँगै सडकमा गुड्ने सवारी साधनको सङ्ख्या पनि वृद्धि भएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले अहिले सवारीको चाप केही बढेको बताए । “उपत्यकाबाट औसत अवस्थामा दैनिक ४० हजारदेखि ४५ हजार जना यात्रु भित्रिने र सोही बराबर बाहिरिन्छन् ।
तर पछिल्लो २४ घण्टामा ४१ हजार पाँच सय तीन जना यात्रु उपत्यकामा आएका छन् भने ५५ हजार एक सय ४७ जना बाहिरिएका छन्”, भट्टले भने, “अहिले औसतभन्दा केही चाप बढेको छ ।”