logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गोरखामा भेटिएको शंकास्पद बस्तु सेनाद्वारा डिस्पोज


अंकुरण खबर
1.82K
Shares

गोरखा नगरपालिका–८ रानिवनमा भेटिएको शंकास्पद बस्तु नेपाली सेनाले डिस्पोज गरेको छ ।
निर्वाचन शुरु भएसँगै द ओल्ड क्यापिटल माध्यमिक विद्यालयमा रहेको मतदानस्थलदेखी ६५ मिटर पर कुकरमा टेप लगाएर तार जोडेको अवस्थामा शंकस्पद बस्तु भेटिएको थियो ।

शंकास्पद बस्तु निस्क्रिय बनाएर अहिले मतदान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले रातोपाटीलाई बताए । सो मतदान केन्द्रमा अहिले मतदान भइरहेको छ ।