logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

विद्यार्थी नेता चेतन अएडीको मृत्युपछि मार्तडी बजार तनावग्रस्त


अंकुरण खबर
2.21K
Shares

आइतबार बाजुराको त्रिवेणी नगरपालिका(७ मा मतदानका क्रममा उत्पन्न विवादका कारण दुईजनाको मृत्यु भएपछि बाजुरा सदरमुकाम मार्तडी तनावग्रस्त भएको छ।

त्रिवेणी(७) मा नाटेश्वर मतदान केन्द्रमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर स्थानीय २५ वर्षीय सुरेन्द्र अएडीको मृत्यु भएको थियो।

सोही विषयलाई लिएर कांग्रेस कार्यकर्ताहरुले आइतबार राति एमालेका विद्यार्थी नेता चेतन अएडीको घरमै गएर कुटपिट गरेका थिए। उपचारका क्रममा उनको अछामको बयलपाटा अस्पतालमा आज मृत्यु भएको हो।

विद्यार्थी नेता अएडीको कुटपिट गरी हत्या भएपछि मार्तडी बजार तनावग्रस्त बनेको छ।