logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सङ्खुवासभामा हेलिकोप्टरमार्फत मतपेटिका ल्याइयो


अंकुरण खबर
1.846K
Shares

सङ्खुवासभाको दुर्गम भोटखोला गाउँपालिकामा तीन मतदान केन्द्रका मतपेटिका आज हेलिकोप्टरमार्फत सदरमुकाम खाँदबारी ल्याइएको छ।

भोटखोलाको दूधपोखरी आधारभूत विद्यालय थुदाम, हिमालय आधारभूत विद्यालय किमाथांका र ज्योती आधारभूत विद्यालय रिदाकमा मतदान केन्द्रको मतपेटिका खाँदबारी आइपुगेको हो।

आज राति १२ सम्ममा जिल्लाका सबै मतपेटिका खाँदबारीस्थित जिल्ला समन्वय समितिको हलमा आइपुग्ने मुख्य निर्वाचन अधिकृत टेकनाथ गौतमले जानकारी दिए।

हिँडेर तीन दिनमा मात्र मतपेटिका ल्याउन सक्ने भएकाले हेलीकप्टर मार्फत मतपेटिका ल्याइएको हो।