logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गण्डकीका दुई जिल्लामा पुनः मतदानको माग


अंकुरण खबर
871
Shares

एमालेसहित आठ दलले गण्डकी प्रदेशका दुई जिल्लामा पुनः मतदान गर्न माग गरेका छन् ।

गोरखा र स्याङ्जाका विभिन्न मतदान केन्द्रमा धाँधली भएको भन्दै उनीहरूले पुनः मतदानको माग गरेका हुन् ।

गोरखा निर्वाचन क्षेत्र नम्बर १ र २ का विभिन्न केन्द्रमा मृतक तथा तत्काल अनुपस्थित रहेकाहरूको नामबाट समेत मतदान गरेकोले पुनः निर्वाचन गर्नुपर्ने उनीहरूको माग छ ।

पुनः निर्वाचन गर्नुपर्ने मागसहित सोमबार एमालेका तर्फबाट गोरखा क्षेत्र नम्बर १ र २ उम्मेदवार, स्वतन्त्र उम्मेदवार, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल परिवार दल, राष्ट्रिय प्रजातन्त्र पार्टी, हाम्रो नेपाली पार्टी, राप्रपा नेपालले संयुक्त विज्ञप्ति समेत जारी गरेका छन् ।