तेह्रथुमको एउटा केन्द्रमा पुनः मतदान हुने भएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फको मतपेटिकामा प्रतिनिधिसभाकै मतपत्रबाट मतदान भएको पाइएपछि पुनः मतदान हुने भएको छ ।
छथर गाउँपालिका–१ आङ्दिम वडा कार्यालय (ख) केन्द्रमा आइतबार भएको प्रत्यक्षतर्फको मतदान रद्द गरी मंगलबार पुनः गराउन माग गर्दै मुख्य निर्वाचन अधिकृत प्रमेश पोखरेलले निर्वाचन आयोगसमक्ष सिफारिस पठाएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबार बिहान जिल्लाका राजनीतिक दलका उम्मेदवार, प्रतिनिधि र सरोकारवालासँगको छलफल र सहमतिपछि मंगलबार पुनः मतदान गराउने निर्णय निर्वाचन आयोगमा पठाएको हो ।