logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जीप दुर्घटना : ५ जनाको मृत्यु, ४ घाइते


अंकुरण खबर
1.118K
Shares

गुल्मीको सत्यवती गाउँपालिका(३ ठुलोलुम्पेकमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । ठूलोलुम्पेकको कुडडाडामा लु ३ च ५३४० नम्बरको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको सत्यवती गाउँपालिका उपाध्यक्ष निरमायाँ तरामुले जानकारी दिइन्।

दुर्घटनामा झलक सोमै, टीका राहादी, नरबहादुर सिंजापति, मिलन तराजु, जमुना सोमैको मृत्यु भएको हो। जमुना झलककी श्रीमती हुन्।

दुर्घटनामा जीप चालक कार्वोलिन सोमै,चेतमान सिञ्जाली, गिरबहादुर राहदी, खण्डन सोमै घाइते भएका हुन्। ब्रेक फेल भएर दुर्घटना भएको बताइएको छ।