काठमाडौं निर्वाचन क्षेत्र नं ९ मा प्रदेशसभा ‘क’ सदस्यमा नेकपा ‘एमाले’का हरिकृष्ण डङ्गोल विजयी हुनुभएको छ ।
निर्वाचन अधिकृत पूजा खत्रीका अनुसार उहाँ चार हजार ४५२ मतसहित विजयी हुनुभएको हो । उहाँले प्रतिस्पर्धी नेपाली कांग्रेसका नानुमैया बाँस्तोलालाई ४३२ मतले पछि पार्नुभयो । कांग्रेसका बाँस्तोलाले चार हजार २० मत प्राप्त गर्नुभएको छ ।