प्रतिनिधि सभातर्फ बुधबार बिहानसम्म २२ क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको छ।
निर्वाचन आयोगका अनुसार १६५ निर्वाचन क्षेत्रमध्ये बुधबार बिहान ९ बजेसम्म देश भरका २२ क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको हो।२२ मध्ये नेपाली कांग्रेसले १३ क्षेत्रमा जित निकालेको छ। मत गणना चलिरहेका प्रतिनिधि सभाका ४१ स्थानमा कांग्रेसको अग्रता लिइरहेको छ।
त्यसैगरी एमालेले ३ क्षेत्रमा जित निकालेको छ। एमाले पनि ४२ क्षेत्रमा अग्रता कायम गरिरहेको छ।