logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विश्वकप फुटबलमा आज ४ खेल हुँदै


अंकुरण खबर
1.95K
Shares

कतारको राजधानी दोहामा जारी २२औं संस्करणको विश्वकप फुटबलअन्तर्गत आज (बुधबार) ४ खेल हुँदैछन्। पहिलो खेल ३.४५ बजे समूह ‘ए’ का क्रोएसिया र मोरक्कोबीच हुँदैछ। यो खेल अल बेत स्टेडियममा हुँदैछ।

सन् २०१८ को विश्वकप फाइनलिस्ट क्रोएसिया र मोरक्कोबीचको खेल निकै प्रतिस्पर्धात्मक हुने देखिन्छ। विश्वकपमा यी दुई टोली पहिलोपटक आमनेसामने हुँदैछन्।

दोस्रो खेल समूह ‘ई’ का जर्मनी र जापानबीच हुँदैछ। नेपाली समयानुसार ६.४५ बजे खलिफा अन्तर्राष्ट्रिय रंगशालामा यी दुई देशबीचको खेल हुनेछ।

तेस्रो खेलमा समूह ‘ई’ कै स्पेन र कोस्टारिका खेल्दैछन्। अल थुमामा रंगशलामा राति ९:४५ बजे यी दुईको खेल हुँदैछ।

आजको अन्तिम खेलमा समूह ‘एफ’ को बेल्जियम र क्यानडाबीच हुँदैछ। राति १२:४५ बजे यी दुईको खेल अहमद बिन अलि रंगशालामा हुनेछ।