दाङ क्षेत्र नम्बर २ मा एमाले महासचिव शङ्कर पोख्रेललाई हराउँदै माओवादीकी रेखा शर्मा विजयी हुनुभएको छ ।
पोख्रेललाई १ सय ९६ मतान्तरले हराउँदै शर्मा विजयी हुनुभएको हो ।
शर्माले २६ हजार ८ सय ७७ मत प्राप्त गर्नु भएको छ भने पोख्रेलले २६ हजार ६ सय ८१ मत प्राप्त गर्नु भएको छ ।
चुनावको अन्तिम मत परिणाम घोषणा हुन बाँकी छ।