एउटा मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेकाे खोटाङमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार रामकुमार राई ‘पासाङ’ निर्वाचित भएका छन् ।
निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार विशाल भट्टराईलाई २ हजार ६६९ मतान्तरले पछि पार्दै राई निर्वाचित भएका हुन् ।
निर्वाचित राईले ३१ हजार ३५१ मत प्राप्त गर्दा भट्टराई २८ हजार ६८२ मतमै सीमित हुनुपर्यो । ०७४ मा भने यहाँबाट भट्टराई नै निर्वाचित भएका थिए । त्यसबेला उनी संसदीय दलका प्रमुख सचेतकसमेत बने । अहिले उनी केन्द्रीय सदस्यको भूमिकामा छन् ।