logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

डडेल्धुरा प्रदेशसभा (ख) मा स्वतन्त्र उम्मेदवार जोशी निर्वाचित


अंकुरण खबर
1.703K
Shares

डडेल्धुरा प्रदेशसभा (ख) मा स्वतन्त्र उम्मेदवार ताराप्रसाद जोशी निर्वाचित हुनुभएको छ । उहाँले ११ हजार १ सय ७० मत ल्याएर प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

उहाँका प्रतिस्पर्धी वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार गोविन्दराज बोहरा ४ सय २५ मतले पराजित हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी बोहराले १० हजार  ९ सय ७० मत पाउनुभयो ।

कुल ९१ हजार २०१ मतदातामध्ये ५१ हजार २०३ मतदाताले मतदान गर्नुभएको थियो । जसमा प्रदेश सभा (क) मा २५ हजार ३६१ मत खसेकाे थियो भने प्रदेश सभा (ख) मा २५ हजार ९०३ मत खसेको मुख्य निर्वाचत अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिनुभयो ।