logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

एमालेको समानुपातिक मत ६ लाख पुग्नै लाग्यो, अन्य कुन दलको कति ? (सूची)


अंकुरण खबर
1.729K
Shares

प्रतिनिधि सभा समानुपातिकतर्फ सुरुदेखि नै पहिलो स्थानमा रहेको नेकपा एमालेको अग्रता कायमै छ ।

बिहीबार दिउँसो ३:२८ बजेसम्म एमालेले समानुपातिक भोटको संख्या ६ लाख पुर्‍याउन लागेको छ।

निर्वाचन आयोगको तथ्यांकअनुसार अहिलेसम्म एमालेका पक्षमा ५ लाख ९७ हजार ८ सय ५२ समानुपातिक मत आएको छ।

यस्तै नेपाली कांग्रेसले पनि आफ्नो दोस्रो स्थान छाडेको छैन। उसले अहिलेसम्म ५ लाख ६६ हजार ७ सय ६१ समानुपातिक मत पाएको छ।

यस्तै सुरुदेखि नै तेस्रो स्थान ओगटेको राष्ट्रिय स्वतन्त्र पार्टीले अहिलेसम्म ३ लाख ४ हजार ४ सय ८२ समानुपातिक मत प्राप्त गरेको छ।

आयोगका अनुसार नेकपा माओवादी केन्द्र २ लाख ७३ हजार ७ सय ९४ मतका साथ चौथो स्थानमा छ भने पाँचौँ स्थानमा रहेर राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले १ लाख ६५ हजार ८ सय ९ समानुपातिक मत ल्याएको छ।

समानुपातिकमा अन्य दलको सूची ,

जनता समाजवादी पार्टी, नेपाल
७४०४५

नेपाल मजदुर किसान पार्टी
५१४५५

जनमत पार्टी
४८७७६

नागरिक उन्मुक्ति पार्टी
४८२५८

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी
४०४०५

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल
३३१५१

हाम्रो नेपाली पार्टी
२२८७४

राष्ट्रिय जनमोर्चा
१६४६५

मंगोल नेसनल अर्गनाइजेसन
११२७१

नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी लेनिनवादी
६५४२

राष्ट्रिय जनमुक्ति पार्टी
६२४५

एकल चिह्न बच्चा काखमा लिएकी आमा ९नेपाल आमा पार्टीरनेपाल नौलो जनवादी पार्टीरसचेत नेपाली पार्टीरनेपाल सुशासन पार्टी०
४६५४

नेपाल संघीय समाजवादी पार्टी
४३९२

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
३४१५