logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

समूह चरणको दोस्रो चरण आजबाट


अंकुरण खबर
1.742K
Shares

फिफा विश्वकपमा आजबाट समूह चरणको दोस्रा चरणका खेलहरू सुरु हुँदै छन् ।

समूह चरणको दोस्रो चरणमा आज समूह ‘ए’ र ‘बी’ का दुई–दुई गरी चार खेलहरू हुँदै छन् ।

आजको पहिलो खेलमा नेपाली समयअनुसार दिउँसो ३.४५ बजे समूह ‘बी’ का वेल्स र इरान भिड्दै छन् । यो खेल कतारको अहमेद बिन अलि रंगशालामा हुनेछ ।

दिनको दोस्रो खेलमा साँझ ६.४५ बजे समूह ‘ए’ मा रहेका घरेलु टिम कतार र सेनेगलबीच प्रतिस्पर्धा हुँदै छ । यो खेल अल थुमामा रंगशालामा हुनेछ ।

यस्तै, अलिफा अन्तर्राष्ट्रिय रंगशालामा राति ९.४५ बजेदेखि सुरु हुने तेस्रो खेलमा समूह ‘ए’ कै इक्वेडरले नेदरल्यान्ड्ससामु चुनौती प्रस्तुत गर्दै छ । र, राति १२.४५ बजे हुने खेलमा समूह ‘बी’ का इंग्ल्यान्ड र अमेरिकाबीच प्रतिस्पर्धा हुनेछ । यो खेल अल बायत रंगशालामा हुनेछ ।